एमाले र माओवादीबीच लेनदेन- माओवादीले एम अधिकारी नखोज्ने, एमालेले सीसीटीभी - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

एमाले र माओवादीबीच लेनदेन- माओवादीले एम अधिकारी नखोज्ने, एमालेले सीसीटीभी



काठमाडौँ- केही दिनअगाडीसम्म सामाजीक संजाल तताएका दुई विषय अहिले सामसुम भएका छन् । सञ्जालमा ठुलै बहस चलेका दुई विषय थिए एम अधिकारी र मध्यरातको सीसीटीभी फूटेज ।

नेकपा एमालेलेका नेतादेखि कार्यकर्तासम्मले सिसिटिभी फुटेज र नेकपा माओवादीका नेतादेखि कार्यकर्ताले धुरन्धर एम अधिकारी खोजे ।

एमालेको अर्थ विभागमा राखिएको नाम एम अधिकारी अर्थात गभर्नर महाप्रसाद अधिकारी र बजेट भाषणको अघिल्लो मध्यरातमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बोलाएका व्यक्तिको फूटेजबारे अहिले दुबै पार्टी तै चुप मै चुप छन् ।

बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरहरु हेरफेर गरेको आरोपपछि प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको कुरा उठायो । बजेट बनाउने बेलाको सिसिटिभीको माग गर्दै संसदमा पनि बुलन्द आवाज उठायो ।

सिसिटिभी र एम अधिकारीले नेपालको राजनितिक वृत्त र सामाजीक संजाल रंगिए । एम अधिकारी एमालेको केन्द्रीय विभागमा रहेको सार्वजनिक भएसँगै उनीमाथि प्रश्नहरु उठिरहेको थियो ।

नेकपा एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारीको नाम देखिएपछि त्यो व्यक्ति अरु कोही नभएर गभर्नर महाप्रसाद अधिकारी नै रहेको माओवादीको दाबी थियो ।

अर्थ तथा योजना विभागमा एम अधिकारीसहित प्रा. डा. रामचन्द्र आचार्य, डा. रामचन्द्र भट्टराई, देउकाजी गुरुङ, केशरबहादुर साउद, डिल्ली उप्रेती, प्रा.डा. महेश दाहाल, तिलचन्द्र भट्टराई र गोपाल खनाल सदस्य रहेका छन् ।

सो विषयमा प्रश्न गर्दा एमालेका नेताहरुले उत्तर दिन चाहेनन् । खोटाङ घर भएका एम अधिकारीलाई त्यही जिल्लाका एमाले नेताहरूले समेत चिनेनन । गभर्नर अधिकारीले पनि यो कुरा झुटो भएको बताउँदै आएका थिए ।

माओवादीको विद्यार्थी संगठनले थुप्रै विरोधका कार्यक्रमहरु गर्दै थियो । गभर्नरलाई राष्ट्र बैंक छिर्न नदिनेसम्मका कार्यक्रमहरु माओवादीका विद्यार्थीहरुले गरेका थिए ।

त्यसै क्रममा आएको फूटेज काण्डले आफूमाथि प्रश्न उठेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिए ।

राजीनामापछि एउटा समिति बनाएर छानबीनको कामहरु अगाडी बढाइयो । छानबीन समितिले सिसिटिभी मगाएको थियो तर सिसिटिभी फुटेज भेटिएन ।

अहिले भने राजनितिक बहसदेखि संजालसम्म दुवै कुरा एकाएक सेलाए । महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सडक तताएकाहरु अहिले चुपचाप छन् ।

अहिले नेताहरूले एमाले र माओवादीबीच लेनदेन र सहमती भैसकेको चर्चा छ । अन्त्यमा न एम अधिकारी भेटियो न त सिसिटिभी फुटेज नै ! गरिएका आन्दोलन पनि एकाएक सामसुम हुनुले सहमति भैसकेको पुष्टि गरेको छ ।