एमाले र माओवादी केन्द्र संगै नयाँ शक्ति पनि - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

एमाले र माओवादी केन्द्र संगै नयाँ शक्ति पनि



काठमाडौं /असोज १७ । नेकपा एमाले र माओवादी केन्द्रको चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पनि थपिएको छ ।

मंगलबार एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता सहमति भएलगतै एमाले अध्यक्ष ओलीले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसँग कुराकानी गरेका थिए । सो सम्वादमा चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिमा नयाँ शक्ति पनि सहभागी हुन सहमत भएको छ ।

अहिले सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा तीन दलका नेताहरुको बैठक चलिरहेको छ ।