एमाले–माओवादी केन्द्रद्वारा पार्टी एकताको घोषणा,एउटै चिन्हमा चुनाव लड्ने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एमाले–माओवादी केन्द्रद्वारा पार्टी एकताको घोषणा,एउटै चिन्हमा चुनाव लड्ने



१९ चैत्र काठमाडौ ।

अन्तत नेपालका प्रमुख दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र एमाओवादी केन्द्र बिच पार्टी एकता हुने भएको छ । लामो समयदेखि एक आपसमा उछितो काट्न उद्धत एमाले – माओवादी आपसमा पार्टी  एकता गर्न तयार भएका हुन् ।  दुई पार्टीलाई एक बनाएर एउटै कम्युनिष्ट केन्द्र बनाइ अगाडी बढ्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका पुष्पकमल दाहाल “प्रचण्ड” र  एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति भएको हो ।

बालुवाटारमा भएको दुई घण्टा लामो छलफलपछि यी दुई नेता आपसमा पार्टी एकिकरण गर्न सहमत भएका हुन् । सरकारको गठबन्धन टुटेपछि आपसमा भेट्न समेत छाडेका यी नेताबिचको सहमतिले नेपालको राजनीतिमा नयाँ कोर्स स्थापना हुने देखिएको छ । ओली प्रचण्डबिच आगामी ५ वर्षसम्म ओलीलाई र त्यसपछि प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्ने सम्झौता समेत भएको छ ।  बालुवाटार भेटमा निकै गंभिर रुपमा प्रस्तुत भएका यी नेता आफुहरु नमिले मुलुक नै दुर्घटनामा पर्ने भन्दै मुलुकका लागि मिलेको प्रतिक्रिया दिए । आपसमा टिकाटिप्पणी गर्दा दुवैले कलाई घाटा भएको भन्दै अब मिलेर अगाडी बढ्न ेउनीहरुको सहमति छ । देशभरबाट कार्यकर्तालाई एक जुट बनाइ एमाले नामबाटै बहुमत लिने यी दलको तयारी छ ।

झुक्किनुभयो ?ओ हो …….आज त अप्रिल फुल हो नि, यो कुरा नपत्याएर मजाक सम्झनुहोला है । हल्का रमाइलो, अप्रिल फुलको । 

साभार न्युज सेवा