एमालेमुक्त जिल्ला बन्यो एमालेको प्रभावक्षेत्र मुस्ताङ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एमालेमुक्त जिल्ला बन्यो एमालेको प्रभावक्षेत्र मुस्ताङ



मुस्ताङका तीनै सीट नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । प्रतिनिधि सभा सदस्यमा २९ वर्षका योगेश गौचन विजयी भए ।

उनले एमालेका प्रेम प्रसाद तुलाचनलाई पराजित गरेका हुन् । योगेशले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिश्पर्धी प्रेमले ३ हजार ७८ मत मात्रै पाए ।

प्रदेश सभा (क) मा कांग्रेसका नाम्डु गुरुङले एमालेका इन्द्रधारा विष्टलाई हराए । ३२ वर्षका नम्डु गत स्थानीय निर्वाचनमा लोमान्थाङ ४ को वडाध्यक्षमा पराजित भएका थिए । नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिश्पर्धी विष्टले ७ सय ९३ मत पाए ।

प्रदेश (ख) मा पनि कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन् । एमालेका चन्द्रमोहन गौचनलाई पराजित गर्दै शेरचन प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

गौचनलाई १ सय ५८ मत अन्तरले हराएर शेरचन विजयी भए । शेरचनले २ हजार ७ सय २३ मत ल्याए भने गौचनले २ हजार ५ सय ६५ मत पाए ।

यहाँ ५५ मत बदर भएको छ । मुस्ताङमा एमालेका तीनै उम्मेदवार निवर्तमान सांसद हुन् भने कांग्रेसका तीनै उम्मेदवारले डेब्यु गरेका हुन् ।