एमालेका १० नेता पार्टीबाट निष्काशित - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमालेका १० नेता पार्टीबाट निष्काशित



ललितपुर- नेकपा एमाले ललितपुर जिल्ला समितिले १० जना नेता कार्यकर्तालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन निर्णय गरेको छ ।

स्थानीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने र उनीहरूको पक्षमा उभिने १० जना नेता कार्यकर्तालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन निर्णय गरेको एक नेताले जानकारी दिए ।

पार्टीले निष्कासन गरेकाहरूमा विनोद ताम्रकार, पुरुषोत्तम खड्का, बुद्धलक्ष्मी महर्जन, बाबुरत्न महर्जन, मंगल तामाङ, वीरबहादुर तामाङ, दानरत्न मानन्धर, रामबहादुर केसी, सुन्दर खड्का र शिवराम खड्का रहेका छन् ।