एमालेका १० भाइ नेताले टिकट नपाउने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एमालेका १० भाइ नेताले टिकट नपाउने



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले “१० भाई” नेताहरूमाथि दवाव बढाएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको विरोध गर्ने नेतामाथि दवाव बढाएको हो ।

एमालेले विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई गल्ती स्विकार गरे मात्रै टिकट दिने नत्र अरू नेताहरूलाई अवसर दिने तयारी गरेको छ ।

तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका ओलीले चलेका कदमको विरोध गर्ने, असहयोग गर्ने नेताहरूलाई छनीचानी चुनावबाट बन्चित गर्ने रणनीति बनाएको एमालेले उनीहरूले अनुशासन उल्लंघन गरेको निष्कर्ष निकालेको छ ।

उनीहरूले गल्ती गरेको स्विकार गरेर आगामी दिनमा पार्टीविरुद्ध नजाने प्रतिवद्धता नगरे टिकट नदिने रणनीति एमालेले बनाएको छ ।

ती नेताबारे ओलीले आन्तरिक छलफलमा छन् ।ओलीले आफू निकट नेताहरूसँग यसबारे निरन्तर छलफल गरिरहेको बताइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्र, जिल्ला, प्रदेशबाट सिफारिस भएर केन्द्रमा पुगेका नेताहरूलाई ओलीले टिकट नदिने तयारी गरेपछि एमालेको विवाद फेरि सतहमा आएको छ ।

आफू निकट केही नेतासँग छलफल गरिरहेका ओलीले विगतमा गरेको अनुशासन उल्लंघनलाई लिएर गल्ती स्विकार गर्दै आत्मालोचना गरेमात्रै टिकट पाउने बताउँदै आएका छन् ।

नेकपा विभाजनपछि एमालेको आन्तरिक विवादमा माधवकुमार नेपाल समूहमा रहेका ती नेता पार्टी विभाजन हुँदा एमालेमै रहेका छन् । तर, अध्यक्ष ओलीले विगतमा आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदा विरोधमा रहेकाले गल्ती स्विकार गर्दै आत्मालोचना नगरे आगामी निर्वाचनमा टिकट नदिने अडानमा छन् ।

एमाले स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले पार्टीको नीति, निर्देशन, विधान सबैले पालना गर्नुपर्ने बताए । यदि कोही कसैबाट उल्लंघन भएमा त्यो अनुशासनको विषय हुने बताउँदै आत्मालोचना गर्दै आगाडि बढ्नुपर्ने कम्युनिस्ट पार्टीको संस्कार रहेको बताए ।

‘त्यस्तो त होइन, तर विगतमा कोही कसैबाट अनुशासन उल्लंघन भएको छ भने आत्मालोचना गर्दै पार्टी नीति, विधान, निर्देशन पाल्ना गर्दै आगाडि बढ्नुपर्छ । म पार्टीको विधान, नीति, निर्देशन मान्दिन भन्न पाइँदैन । हामी सबैले त्यो पालना गर्नुपर्छ’ थापाले भने ।

एमाले उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र रघुजी पन्त, केन्द्रीय सदस्य भीम आचार्य, पूर्वउपाध्यक्ष भीम रावलसहितका नेता विगतमा माधव नेपाल समूहमा भए पनि अहिले एमालेमै छन् ।

यी मध्य केही नेताहरू गल्ती स्वीकार गर्दै आत्मालोचना गर्न तयार भएपनि धेरैजसो नेताहरू भने त्यस्तो नगर्ने अडानमा छन् । तर टिकट नै नपाउने भएपछि नेताहरू तनावमा रहेको बताइएको छ ।