सुदूपश्चिममा एमाले पत्तासाफ, एउटा सिट पनि जित्न सकेन - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

सुदूपश्चिममा एमाले पत्तासाफ, एउटा सिट पनि जित्न सकेन



सुदूपश्चिममा नेकपा एमालेको अवस्था निकै कमजोर बनेको छ । २०७४ सालको निर्वाचनमा कांग्रेसले सुदूरपश्चिमबाट एक स्थानमा मात्रै जितेको थियो ।

यस पटकको निर्वाचनको मतगणना जारी रहँदा कांग्रेसले ६ सिटमा जित हासिल गरिसकेको छ भने एक स्थानमा अग्रता छ । यस्तै एकीकृत समाजवादीका सबै उम्मेदवारले जीत निकालेका छन् ।

सुदूरपश्चिमका (१६ निर्वाचन क्षेत्र) मा कांग्रेस ठूलो दल बन्ने भएको छ । ०७४ को निर्वाचनमा सुदूरपश्चिमबाट कांग्रेस सभापति शेरबहादुर देउवाले मात्रै जितेका थिए ।

संघका साथै प्रदेशसभामा पनि कांग्रेस पहिलो शक्ति बन्ने निश्चित भएको छ । ३२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २८ क्षेत्रको मत गणनामा हुँदा कांग्रेसले ७ स्थानमा जितसहित तीन स्थानमा अग्रता कायम गरेको छ । ०७४ को निर्वाचमा प्रदेशको पहिलो शक्ति एमाले बनेको थियो । यस पटक निकै कमजोर स्थितिमा छ ।

प्रत्यक्ष निर्वाचनमा संघतर्फ सुदूरपश्चिममा एमाले, नागरिक उन्मुक्ति पार्टीभन्दा पनि कमजोर स्थितिमा छ । हालसम्म एक स्थामा पनि जित हासिल गर्न नसकेको एमालेले कञ्चनपुर–१ मा मात्रै अग्रता कायम गरेको छ ।

प्रदेशतर्फ पनि एमाले कमजोर अवस्थामा छ । हालसम्म प्रदेशमा एमालले दुई स्थानमा मात्रै जित हात पारेको छ । प्रदेशमा एमालेको अग्रता छैन । माओवादी केन्द्र संघमा कमजोर देखिए पनि प्रदेशमा सम्मानजनक स्थितिमा छ ।

हालसम्म संघतर्फ जित हासिल नगरेको माओवादी केन्द्रले बैतडी र कैलाली-२ मा अग्रता कायम गरिरहेको छ । प्रदेशतर्फ चार स्थानमा माओवादी केन्द्रका उम्मेदवार विजयी भइसकेका छन् भने एक स्थानमा अग्रता कामय गरिरहेको छ ।

अछाम–२ का दुई प्रदेशसभा र बाजुराका दुई प्रदेशसभामा भने अझै पनि मतगणना सुरु भइसकेको छैन । बाजुरामा ४ मंसिरको निर्वाचनमा झडप भएपछि केही स्थानमा पुनः मतगणना गर्नुपर्ने भएका कारण मत गणना रोकिएको छ ।

संघमा एक जित र एक स्थानमा अग्रता कायम राखेको नागरिक उन्मुक्ति पार्टी प्रदेशमा पनि दुई जित र तीन स्थानमा अग्रता कामय गरिरहेको छ । एकीकृत समाजवादी पार्टीले गठबन्धनबाट पाएका सबै सिटमा जित हात पारेर प्रत्यक्षतर्फ संघमा बलियो स्थितिमा छ । समाजवादीका तीनै जना उम्मेदवारले जितका छन् ।

प्रत्यक्ष निर्वाचनमा ठूलो दल बन्ने देखिएको कांग्रेसले संघीय निर्वाचन क्षेत्रतर्फ कैलाली–४, कञ्चनपुर, २ र ३, डडेल्धुरा, दार्चुला र अछाम–२ मा जित हात पारेको छ ।

यसैगरी, प्रदेशसभातर्फ कञ्चनपुर–२ को (ख), दार्चुला (क), अछाम–१ को (क), अछाम–२ (क), बझाङ (क), कैलाली–४ (ख) र बैतडी (ख)मा जित हात पारेको छ । कैलाली-२ (क), कैलाली-५ (ख), कञ्चनपुर-१ (ख), कञ्चनपुर-३ (ख) मा कांग्रेसकाे अग्रता छ ।