एमाले र कांग्रेसका उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथा हुँदै - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमाले र कांग्रेसका उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथा हुँदै



काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १ नम्बर प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर आएपछि अब गोलाप्रथाबाट उम्मेदवारको भाग्य फैसला हुने भएको छ ।

कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र एमालेका उम्मेदवार गुरु बरालको बराबर मत आएको हो ।

दुवैले ४ हजार ४८८ मत पाएका छन् । प्रदेशका सत्तारुढ गठबन्धनको बढी मत भए पनि एमालेले गठबन्धनको मत तान्न सफल भएको छ ।

उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथा हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।