समानुपातिकतर्फ एमाले र रवि नेतृत्वको पार्टीलाई लोकप्रिय मत - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

समानुपातिकतर्फ एमाले र रवि नेतृत्वको पार्टीलाई लोकप्रिय मत



काठमाडौं । निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ तेस्रो स्थान लिएको छ ।

अलिहेसम्म नेकपा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् ।

एमालेले अहिलेसम्म ५३ हजार २६० मत प्राप्त गरेको छ भने कांग्रेसले ४८ हजार २९९ मत प्राप्त गरेको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले २३ हजार ४१२ मत प्राप्त गरेको छ । माओवादीले भने २० हजार ८७० मत प्राप्त गरेको छ ।

राप्रपाले ११ हजार ३३९ मत प्राप्त गर्दा नेकपा एसले जम्मा २४६८ मत प्राप्त गरेको छ ।

जनमत पार्टीले ४४६०, जनता समाजवादी पार्टीले ३७५५ र लोकतान्त्रिक समाजवादी पार्टीले २०६२ मत प्राप्त गरेको छ ।