एमाले रौतहटमा पनि लफडा: प्रभु शाह पक्षका अध्यक्षलाई नमान्ने घोषणा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एमाले रौतहटमा पनि लफडा: प्रभु शाह पक्षका अध्यक्षलाई नमान्ने घोषणा



रौतहट- नेकपा एमाले स्थायी कमिटि सदस्य प्रभु शाह पक्षबाट एकलौटी नेत्रत्व चयन गरिएपछि एमाले रौतहटमा तनावको आवस्था बनेको छ । प्रभु शाहको पक्षका नेताहरूलाई मात्रै अवसर दिइएको भन्दै एमाले संस्थापन पक्षले नै विद्रोह गरेको छ ।

साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निर्वतमान अध्यक्ष तुल्सीराज गिरी पक्षले बहिस्कार गर्ने भएका छन् । एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरिएको थियो ।

तर, गिरिले भने अध्यक्ष मन्डलद्वारा घोषित एकलौटी जिल्ला कमिटी अवैध भन्दै अस्विकार गरेका छन् । अधिवेशनको हलले जिल्ला कमिटीलाई अनुमोदन गरेको छैन। यसअघि अध्यक्ष रहेका गिरिले सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई पार्टी कार्यलयमा उपस्थित हुन आह्वान गरेका छन् ।

तर, प्रभुले भने अध्यक्षमा त्रिभुवन साह, उपाध्यक्षमा दिपक यादव, सचिवमा बालबिक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेलसहित १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको जानकारी दिएका छन् ।