एमालेद्वारा संसद स्थगनको प्रस्ताव पेश - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एमालेद्वारा संसद स्थगनको प्रस्ताव पेश



काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न प्रतिनिधिसभाको बैठकको कार्यक्रम स्थगित गर्न प्रस्ताव दर्ता गराएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले तत्काल जीटुजी विधिबाट रासायनिक मलको खरिद गरी किसानलाई आवश्यक मलको व्यवस्था गर्न छलफल गर्नुपर्ने भन्दै बैठकका कार्यक्रम स्थगन गर्न प्रस्ताव पेश गरेका हुन् ।

उक्त प्रस्ताव आजको संसद् बैठकमा पेश गर्ने कार्यसूची छ । “नेपाल कृषि प्रधान देश रहेको र ६० प्रतिशत जनता कृषि पेशामा आवद्ध रहेको पृष्ठभूमिमा, प्रमुख खेती धानवाली लगाउने समयमा समेत रासायनिक मलको उपलब्धता नभएको हुनाले तत्काल जीटुजी विधिबाट भए पनि रासायनिक मलको खरिद गरी किसानलाई आवश्यक मलको व्यवस्था गर्न र दीर्घकालको लागि भण्डारणको समेत व्यवस्था गर्न आवश्यक भएकाले प्रतिनिधि सभामा छलफल गर्न बैठकको कार्यक्रम स्थगन गरियोस्,” संसद सचिवालयले जारी गरेको कार्यसूचीमा भट्टराईको प्रस्तावबारे उल्लेख छ ।