एमाले सन्धिखर्कका उम्मेदवाहरुद्वारा उम्मेदवारी दर्ता ,आकाशमा पनि फहरायो सूर्य चिन्ह अंकित झण्डा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एमाले सन्धिखर्कका उम्मेदवाहरुद्वारा उम्मेदवारी दर्ता ,आकाशमा पनि फहरायो सूर्य चिन्ह अंकित झण्डा



कमल विष्ट /अर्घाखाँची असार ४ ।

नेकपा एमाले सन्धिखर्क नगरपालिकाका उम्मेद्वाहरुले भव्य र्‍यालीका साथ मनोनयन दर्ता गराएका छन् । सन्धिखर्क नगरपालिकाका मेयर पदका कृष्ण प्रसाद श्रेष्ठ, उपमेयर पदकी उम्मेदवार इश्वरा पोख्रेल, १२ ओटै वडाका वडा अध्यक्ष पदका उम्मेदवारहरु र सदस्य पदका उम्मेद्वाहरु टिका र मालामा सजिएर प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । सबै वडाहरुबाट उल्लेख्य मात्रामा नेता कार्यकर्ता सहभागी बनेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले एमालेका उम्मेद्वारहरुलाई साढे १२ बजेको समय उपलब्ध गराएको थियो । सबै उम्मेद्वाहरु तोकिएकै समयमा कार्यालय पुगी मनोनय दर्ता गराएका थिए ।

एमालेका नेता कार्यकर्ता मदन आश्रित स्मृति भवन सन्धिखर्कमा जम्मा भई र्‍यालीमा सहभागी बनेका थिए । बाजागाजा सहितको र्‍यालीमा करिब ३ हजार ५ सय एमालेका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । र्‍याली सन्धिखर्कको मेनरोड, मिडियाचोक, बैङ्क रोड टुडिखेलमा पुगेपछि बेलुनमा बाधिएको एमालेको चुनाव चिन्ह अंकित झन्डा आकाशमा उडाइएको थियो । चुनाव चिन्ह अंकित झन्डा आकाशमा उडाउदा कार्यकर्तामा उत्साह थपिएको थियो । त्यस लगत्तै उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालय पुगेको थिए । प्रचण्ड गर्मीको कुनै प्रवाह नगरी एमालेका नेता कार्यकर्ता र्‍यालीमा सहभागी बनेका थिए । एमालेका उम्मेद्वाहरुले मनोनयन दर्ता गराउने अवधिभर कार्यकर्ता टुडिखेलमा नाचगान गरेर रमाएका थिए । एमालेका चुनावी गितहरुमा नाच्दा टुडिखेल संगितमय बनेको थियो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले र्‍यालीमा उल्लेख्य मात्रामा कार्यकर्ताको सहभागिताले उम्मेदवारहरुमा थप उत्साह थपिएको बताउनुभयो । उहाँले सन्धिखर्क सँगै जिल्लाका अधिकांश स्थानीय तह र वडाहरुमा एमालेका उम्मेद्वाहरुले विजयी हासिल गर्ने दाबी गर्नुभयो । सन्धिखर्कका मेयर पदका उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठले असार १४ गते हुन लागिरहेको स्थानीय तह निर्वाचनमा आफूसँगै आफ्नो टिमले भारी मतका साथ विजयी हासिन गर्ने बताउनुभयो । उहाँले एमाले प्रति जनताको भरोसा उच्च रहेकाले एमालेका उम्मेदवारहरुको विजयी सुनिश्चित रहेको बताउनुभयो ।