एमाले उम्मेदवारले पैसा बाँडेको आरोप, फूलबारीमा रातभर तनाव - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एमाले उम्मेदवारले पैसा बाँडेको आरोप, फूलबारीमा रातभर तनाव



१३ असार, धनगढी ।

नेकपा एमाले उम्मेदवारले पैसा बाँडेको भन्दै अन्य दलका कार्यकर्ताले नियन्त्रणमा लिन खोजेपछि धनगढी उपमहानगरको फूलबारीमा रातभर तनाव भएको छ ।

मेयरका एमाले उम्मेदवार दुर्गा जोशीले गएराति कैलालीको फूलबारीमा पैसा बाँडेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको आरोप छ । राति १२ बजेतिर गाडीसहित फूलबारीको सी गाँउमा फेला परेका उम्मेदवार जोशीलाई माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिन खोजेका थिए ।

तर, सशस्त्र प्रहरीले जोगाएर राति नै धनगढी पठाएको थियो । तर, एमाले उम्मेदवार जोशीलाई खानतलासी नगरेरै छोडेको भन्दै कांग्रेस र माओवादीका कार्यकर्ताले राति २ बजेसम्म सशस्त्र प्रहरी बलको अस्थायी बेसक्याम्प घेराउ गरेका थिए ।

एमाले उम्मेदवार जोशीले मौन अबधिमा निर्बाचन आचारसंहिता उल्लंघन गरेको कांग्रेस र माओवादीको आरोप छ ।

अनलाइनखबर