एमालेकी उमेदवारलाई ४ सांसदले भोट नदिएपछि... - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एमालेकी उमेदवारलाई ४ सांसदले भोट नदिएपछि…



प्रदेश १ को राष्ट्रियसभा चुनावमा नेकपा एमालेका सांसद सोनाम ग्याल्जेन शेर्पाले जितेपनि महिला कोटाकी उम्मेदवार सुमित्रा भण्डारी भने पराजय भोग्न पुगिन् । सुमित्रालाई पराजित गर्दै नेकपा एकीकृत समाजवादीकी जयन्ती राईले बाजी मारिन् ।

एमाले नेतृ भण्डारीले पार्टीका तर्फबाट ४० सांसदको मत पाउनुपर्नेमा ३६ सांसदको मात्र मत पाएकी छन् । एमालेका शेर्पाले २९४ मतभार थप्दा भण्डारीले भने आफ्नै पार्टीको १९२ मतभार गुमाइन् । एमालेकै ४ सांसदले अन्तर्घात गरेपछि उनको मतभार घट्यो र पराजय पनि भोग्न बाध्य भइन् ।

प्रदेश १ मा एमालेका केन्द्रीय सदस्य गुरु बराल र काँग्रेसका गोपाल बस्नेत बीचको नतिजा आउन बाँकी छ ।