एमाले उपमहासचिवद्वय पौडेल र भुषाल रुपन्देहीबाट सिफारिस - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमाले उपमहासचिवद्वय पौडेल र भुषाल रुपन्देहीबाट सिफारिस



असोज १९ – आउँदो मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि रुपन्देहीबाट नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेल सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस हुनु भएको छ ।

एमाले क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा तर्फ रुपन्देही क्षेत्र नम्बर २ मा विष्णुप्रसाद पौडेललाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

क्षेत्र नम्बर १ र ३ बाट अर्का उपमहासचिव घनश्याम भुषालको नाम प्रतिनिधिसभा सदस्य उम्मेदवारको रुपमा सिफारिस भएको छ ।

केन्द्रीय सदस्य खिमलाल भट्टराईको नाम क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्य उम्मेदवारको रुपमा सर्वसम्मत रुपमा सिफारिस हुने एमाले क्षेत्रीय समितिले बताएको छ ।