एमालेका वडाध्यक्ष वडासदस्यसँग आपत्तिजनक अवस्थामा ओछ्यानमा भेटिए - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमालेका वडाध्यक्ष वडासदस्यसँग आपत्तिजनक अवस्थामा ओछ्यानमा भेटिए



गौशाला – जलेश्वर नगरपालिकाका एक वडाध्यक्ष आइतबार राति दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलेश्वर गरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आइतबार राति साढे १० बजेतिर जलेश्वर‘– ८ स्थित दलित महिला वडा सदस्यको घरमा वडाध्यक्ष सिंह र दलित महिला वडा सदस्य दुवैलाई आपत्तिजनक अवस्थामा महिलाका देवर, ससुरा र जेठाजुले देखेपछि बाहिरबाटै दुवै जनालाई घरमा थुनेर गाउँलेलाई बोलाएर रंगेहात पक्राउ गरिएको आरोप रहेको प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

घरका सदस्यहरु तथा गाउँलेले अध्यक्ष सिंह र महिलालाई पक्राउ गरी प्रहरी बोलाएर आइतबार राति ११ बजे दुवैलाई प्रहरीको जिम्मा लगाएका थिए । दुवैलाई आइतबार राति नै मेडिकल जाँच गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको प्रहरीले जनाएको छ । सिंह तेस्रो चरणको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए ।

झण्डै नौ महिनाअघि वैदेशिक रोजगारीका क्रममा दलित महिला वडा सदस्यका पतिको ज्यान गएको थियो । गएको असोज २ गते भएको स्थानीय तहको तेस्रो चरणको चुनावमा दलित महिला वडा सदस्यमा उनी नेकपा एमालेबाट नै विजयी भएकी थिइन् ।

उनी आइतबार राति आफ्ना चार बालबालिकासँग सुतिरहेको बेला वडाध्यक्ष घरमा पसेको र उनीहरुको क्रियाकलाप निकै आपत्तिजनक रहेकोले कोठामा थुनेर प्रहरी बोलाएको स्थानीय बासिन्दाले बताएका छन् ।