एमालेका ‘मधेस विज्ञ’ले गरे सिके राउतको समर्थन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एमालेका ‘मधेस विज्ञ’ले गरे सिके राउतको समर्थन



हिमाल पोस्ट / २० माघ, जनकपुर ।  एमाले मुख्यालयमा केपी ओलीसँग बसेर प्रवचन दिने मधेस विज्ञ डा. राजेश अहिराजले सिके राउतको समर्थन गरेका छन् । अहिराजले सिके राउतलाई ‘विचार बोक्ने नेता’ भन्दै उनको गिरफ्तारीलाई नश्लवादको संज्ञासमेत दिएका छन् ।

 

करिब एक महिना पहिले अहिराजलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी कार्यालयउमा बोलाएर विज्ञका रुपमा उनका कुरा सुनेका थिए । मधेस मिडिया हाउसका सञ्चालक अहिराज मधेसी मोर्चाका मध्यमार्गी नेताहरुको खरो आलोचक एवं सिके राउतको समर्थक हुन् ।

देश टुक्र्याउनुपर्छ भन्दै र पहाडे समुदायका मानिसहरुप्रति घृणात्मक अभिव्यक्ति दिँदै आएका राउतलाई प्रहरीले गिरफ्तार गरेको केहीबेरमै अहिराजले उनको समर्थनमा यस्तो फेसबुक स्टाटस लेखेका छन्- कस्तो दिन आयो नेपालमा ? २० हजार मान्छे काटेकाले बोका नकाट भन्छ । २० हजार नेपाली मारेकालाई नमस्कार गर्नुपर्ने र विचार बोकेकालाई हिरासतमा गएर भेट्नुपर्ने । संविधान मान्दिन भन्ने उपप्रधानमन्त्रीहरु भएको मुलुकमा विचार बोकेकाहरुलाई थुनुवाको रुपमा अदालतमा गएर भेट्नुपर्ने ।