एमालेको जन भेटघाट कार्यक्रम सम्पन्न, श्रेष्ठ भन्छन् बहुमत होइन दुई तिहाइ बहुमत - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमालेको जन भेटघाट कार्यक्रम सम्पन्न, श्रेष्ठ भन्छन् बहुमत होइन दुई तिहाइ बहुमत



कमल बिस्ट ,२७जेष्ठ /सन्धिखर्क ,अर्घाखाँची

नेकपा एमाले सन्धिखर्क नगरपालिका वडा नम्बर २ वडा कमिटीको आयोजनामा सन्धिखर्क २ चुत्राबेशीमा जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ, गाउँ नगरमा चुनावी माहोल तातिरहेको बेला स्थानीय जनताको भावना बुझ्न यो कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेकपा एमाले केन्द्रीय स्कुल विभाग सदस्य बुद्धि बहादुर रायमाझिले पहिलो चरणको स्थानीय तह निर्वाचनमा एमालेले कसैलाई डराएर, धम्क्याएर नभई जनताले एमाले प्रति विश्वास गरेर मत दिएको भन्दै दोस्रो चरणको निर्वाचनमा पनि एमालेकै बहुमत आउने दाबी गर्नु भयो ।

त्यस्तै स्थानीय बासिन्दाले ढोरपाटन सडकको विषयमा जिज्ञासा राख्दै उम्मेद्बारको धारणा मागेपछि नेकपा एमालेको तर्फबाट सन्धिखर्क नगरपालिकाको लागि मेयर पदका उमेदवार कृष्ण श्रेष्ठले आफूले जितेर सपथ खाएपछिको पहिलो बैठकले ढोरपाटन सडकबाट स्थानीय जनताको कम छती हुने बिकल्पिक निकासको निर्णय गर्ने प्रतिबद्धता जाहेर गर्दै स्थानीय जनताको अपार मायाले आफूलाई जित मात्र होइन दुई तिहाइ मत सहितको जित हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै उपमेयरकी उमेदवार ईश्वरा पोख्रेलले आफू मनमोहन र केपि ओलीको सपना स्थानीय तहबाटै साकार पार्न जनतामाझ आएकोले सेवा गर्ने मौका दिन आग्रह गर्नुभयो ,अर्का बक्ता नेकपा एमालेको तर्फबाट सन्धिखर्क नगरपालिका वडा नम्बर दुई का अध्यक्ष पदका उमेदवार मोतिजङ्ग रायमाझिले जनताको बास भन्दा ठुलो सडक हुन नसक्ने भन्दै स्थानीय जनताले बाँसका किलाले बारेर नदी कटान बाट जोगाइ सरकारले लालपुर्जा समेत दिइसकेको चुत्राबेशी बजार ढोरपाटन सडकको नाममा उजाडिन नदिने बताउनु भएको थियो ।

कार्यक्रममा एमाले विशेष नगर समन्वय कमिटी संयोजक युवराज श्रेष्ठले पनि मन्तव्य राख्नु भएको थियो ।कार्यक्रम नेकपा एमाले सन्धिखर्क २ का वडा अध्यक्ष टोपलाल खनालको अध्यक्षता , सचिव नारायण खड्काको स्वागत र अनेरास्ववियु जिल्ला अध्यक्ष प्रदिप नेपालीको सन्चालनमा सम्पन्न भएको थियो ।