नेकपा (एस) का केन्द्रीय सल्लाहकार नै एमालेमा फर्किए - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेकपा (एस) का केन्द्रीय सल्लाहकार नै एमालेमा फर्किए



बुटवल – नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सल्लाहकार सदस्य रहेका नन्दीकेशर ढकाल एमालेमै फर्किएका छन्।

मंगलबार एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनमा सहभागी हुँदै उनले समाजवादी छाडेका हुन् । उनलाई एमालेमा पार्टीका उपमहासचिव विष्णु पौडेलले स्वागत गरेका थिए।

अधिवेशनअघि ढकालले उपमहासचिव पौडेलसँग छलफल गरेका थिए । छलफलपछि उनी मूल पार्टीमै फर्किएर अधिवेशनमा सहभागिता जनाएका हुन् । ढकाल रुपन्देहीमा एमालेका पुराना नेताको रूपमा चिनिन्छन्।