एमाले परित्याग गरी धातिवाङ्गमा २९ जना काँग्रेसमा प्रवेश - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमाले परित्याग गरी धातिवाङ्गमा २९ जना काँग्रेसमा प्रवेश



घनश्याम पाैडेल/धातिवाङ्ग, २५ चैत

नेपाली काँग्रेस पाणिनि गाउँपालिका वडा नम्बर ६ साविक धातिवाङ्ग गाविसमा भेला तथा अन्तरक्रिया सम्पन्न भएकाे छ ।

भेलाले आउँदै गरेकाे स्थानीय तहकाे निर्वाचनका लागि निर्वाचन परिचालन प्रसारप्रसार समिति, अनुशासन समिति, अनुगमन समिति, महिला परिचालन समिति, आर्थिक सङ्कलन तथा परिचालन समिति, उम्मेदवार छनाेट समन्वय तथा संवाद समितिकाे गठन गरिएको छ । साेहि कार्यक्रममा नेकपा एमाले परित्याग गरी राेमबहादुर राष्काेटिकाे परिवार सहित २९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति अच्युत गाैतम, महाधिवेशन प्रतिनिधि युवानेता इन्द्रमणि पाैडेल, पूर्व क्षेत्रीय सभापति मणिराम पाैडेल, महिला सङ्घ जिल्ला सदस्य जानका पाैडेल, खुमान्द पाैडेल, महिला सङ्घ धातिवाङ्ग अध्यक्ष अमृता पाैडेल, क्षेत्रीय प्रतिनिधि सुरज सारू लगाएतले मन्तव्य राख्दै काँग्रेस पाणिनि गाउँपालिका र धातिवाङ्गमा विजयी बनाउन सबै लागिपर्नु पर्ने बताए ।

युवानेता पाैडेलले पाणिनि गाउँपालिकामा कांग्रेसकाे जित सुनिश्चित रहेकाेले सबै आ-अाफ्नाे क्षेत्रबाट सबै लाग्नुपर्ने बताउँदै आफू पनि पाणिनि गाउँपालिकाकाे याेग्य उम्मेदवार रहेकाेले चुनावी दाैडधुपमा एकमहिनादेखि लागेकाे बताउनुभयाे ।

कार्यक्रम काँग्रेस धातिवाङ्ग सभापति शाेभाखर पाैडेलकाे अध्यक्षता, सचिव दिनबन्धु पाैडेलकाे स्वागत र नेविसंघ जिल्ला सहसचिव कृष्णप्रसाद पाैडेलकाे सञ्चालनमा सम्पन्न भएकाे पत्रकार घनश्याम पाैडेलले जानकारी दिनुभएको छ ।