एमाले संगठित सदस्य घिमिरेद्वारा पार्टी परित्याग - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एमाले संगठित सदस्य घिमिरेद्वारा पार्टी परित्याग



पुनर्वास, कञ्चनपुर ।।
पुनर्वास एमालेका संगठित सदस्य बासु घिमिरेले पार्टी परित्याग गरेका छन । विगतमा अनेराास्ववियुको प्रा.क. हुँदै २०५६ साल देखि पार्टीमा आबद्ध भई निरन्तर रुपमा पार्टीका विभिन्न गतिविधिमा उल्लेख योगदान पुर्याएका घिमिरेले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आफुले पार्टी छोडेको बताएका हुन ।

केहि दिन अधि नै आफू पार्टी छोड्ने मनस्थितिमा रहेको बताउदै फेसबुक मार्फत समेत जानकारी गराएका थिए । उसका शुभचिन्तक तथा शुभेच्छुकहरुले पार्टी नछोड्न आग्रह गरेका थिए । भर्खरै सम्पन्न स्थानीय निर्वाचन र प्रदेश तथा प्रतिनिधिको निर्वाचनमा अहोरात्र खटिएर लागेका उनले एक्कसी पार्टी परित्याग गर्दा धेरै अचम्मित भएका छन ।

यही माघ १३ गते देखि नेकपा एमाले र आफू आबद्ध रहेको सो पार्टीका भातृ संगठनहरुबाट कुनैपनि गतिविधिमा संलग्न नरहने गरि पार्टी परित्यागको घोषणा गरेका छन । उनको विज्ञप्तिमा कसैको आग्रह वा पुर्वाग्रहमा पार्टी परित्याग गरेको नभई विभिन्न समाजिक कार्यहरुमा स्वतन्त्ररुपमै संलग्न हुन चाहेकाले पार्टी परित्याग गरिएको बताईएको छ ।