७ हेलिकोप्टर बीचमै आपतकालीन अवतरण - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

७ हेलिकोप्टर बीचमै आपतकालीन अवतरण



काठमाडौं- सोलुखुम्बुको लुक्लाबाट मंगलबार बिहान काठमाडौंका लागि उडेका ७ वटा हेलिकोप्टर बीचमै आकस्मिक अवतरण गरिएका छन्।

मौसम प्रतिकूल भएका कारण काठमाडौं छिर्न नसकेपछि चार हेलिकाेप्टर काभ्रेमा र तीन हेलिकाेप्टर सिन्धुलीमा आकस्मिक अतवरण गरिएका हुन्।

काभ्रे प्रहरीका अनुसार जिल्लाको पाँचखाल नगरपालिका २ जोरपाटीमा तीन र पाँचखालकै होक्सेमा एउटा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको हो।

तर नेपालथोकमा अवतरण गरिएका तीनमध्ये एउटा हेलिकोप्टर उडिसकेको सिन्धुलीका एसपी चक्रबहादुर सिंहले नेपालखबरलाई मंगलबार बिहान १० बजेतिर जानकारी दिए।