उपाधिका लागि इंग्ल्याण्डलाई सामान्य लक्ष्य - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

उपाधिका लागि इंग्ल्याण्डलाई सामान्य लक्ष्य



एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमामा न्युजिल्याण्डले आयोजक इंग्ल्याण्डलाई जितका लागि २४० रनको लक्ष्य दिएको छ ।

लण्डनस्थित लर्ड्स क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनायो ।

न्युजिल्याण्डको लागि हेनरी निकोलसले अर्धशतकीय इनिङ्स खेले । उनले ७७ बलमा ४ चौकासहित ५५ रन बनाए ।

यस्तै टम लाथम ४७ रनमा आउट हुँदा कप्तान केन विलियम्सन ३० रनमा आउट भए । मार्टिन गुप्टिल र जेम्स निशमले १९/१९ रन जोड्दा कोलिन डी ग्रान्डहोमले १६ रन जोडे ।

इंग्ल्याण्डका क्रिस वोक्स र लियाम प्लुन्केटले समान ३/३ विकेट लिए ।

आज दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।  दुवै टोलीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । त्यसैले यस खेल जित्ने टोली विश्वकपको नयाँ च्याम्पियन बन्ने छ ।

फाइनलमा घरेलु टोली इंग्ल्याण्ड निकै बलियो देखिन्छ । तर भारतलाई हराउँदै फाईनल प्रवेश गरेको न्युजिल्याण्डलाई कम आँक्नु घरेलु टोलीका लागि घातक हुन सक्छ । केन विलियम्स कप्तानीको टोलीले कुनैपनि समय खेलमा पुनरागमन गर्ने हैसियत राख्छ ।

फाइनल खेल्दै गर्दा घरेलु टोलीमै धेरै दबाब हुनेछ । विगतको प्रर्दशनले समेत न्युजिल्याण्डलाई बलियो अवस्थामा देखाउँछ ।तर, सेमिफाईनलमा अष्ट्रेलियालाई हराएको इंग्ल्याण्ड उच्च मनोबलमा हुनेछ ।