इपीएल खेल्न दक्षिण अफ्रिकाका पूर्व कप्तान र क्रिस गेल नेपाल आउने चर्चा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

इपीएल खेल्न दक्षिण अफ्रिकाका पूर्व कप्तान र क्रिस गेल नेपाल आउने चर्चा



काठमाडौं- यो सिजनको इभरेष्ट प्रिमियर लिग (इपीएल) खास हुने देखिएको छ। इपीएलमा विदेशी खेलाडी भित्र्याउने क्रम शुरु भएको छ ।

इपीएलको आकर्षण बढाउन उत्कृष्ट खेलाडी नै भित्र्याइने आयोजकले जनाएको छ ।

केहि खेलाडी अनुबन्धित भैसकेका छन् भने केहीलाई लुयाउने तयारी भैरहेको जनैएको छ ।

यसपाली इपीएल खेल्न आउने विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका पूर्व कप्तान असिम आमला पक्का भएको जोरा स्पोटर्स म्यानेजमेन्टका एमडी आमिर अख्तरले जनाएका छन् ।

जोरा स्पोटर्स म्यानेजमेन्टका अनुसार, वेष्ट इण्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेललाई पनि इपीएलमा ल्याउने प्रयास भइरहेको छ ।

टेष्ट राष्ट्र इंग्ल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्डकै राम्रो खेलाडी भित्र्याउने प्रयास समेत भइरहेको छ ।

नेपाली राष्ट्रिय टीमका खेलाडीहरुलाई पहिलो श्रेणीमा राखिएको इपीएलमा राम्रो पारिश्रमिक दिइने भएको छ ।

पहिलो श्रेणीका क्रिकेटरहरुको न्यूनतम मूल्य दुई लाख तोकिएको छ । त्यस भन्दा माथि भने बोलकबोलबाट निर्धारण हुनेछ ।

नेपालकै लिगमा यसरी विश्वका चर्चित खेलाडी आउने देखिएपछि खेल क्षेत्र र क्रिकेट क्षेत्र निकै उत्साहित बनेको छ ।

पछिल्लो समय नेपालको खेल क्षेत्र निकै रोचक बन्दै गैरहेको छ । भर्खरै मात्र साग सम्पन्न हुँदा देशकै शिर उच्च बनेको छ ।

यसरीनै खेलकूदमा प्रगती हुँदै जानेहो भने नेपाली खेलाडीको पनि भविष्य उज्ज्वल रहेको विश्लेषण गर्न थालिएको छ ।