नेपालको सबैभन्दा महङ्गो लिग बन्यो इपीएल - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नेपालको सबैभन्दा महङ्गो लिग बन्यो इपीएल



काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले अघिल्लो संस्करणभन्दा दोब्बर रकम पुरस्कार पाउने भएको छ ।

ईपीएल आयोजकका अनुसार यो संस्करणको ईपीएल विजेता टोलीले ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

योसँगै ईपीएल नेपालमा सर्वाधिक पुरस्कार राशीको फ्रेन्चाइज क्रिकेट पनि बनेको छ । अघिल्लो संस्करणको विजेताले २५ लाख र उपविजेताले १० लाख प्राप्त गरेको थियो । अघिल्लो संकरणको उपाधि ललितपुरले हात पार्दा भैरहवा उपविजेता बनेको थियो ।

चौथो संस्करणको ईपीएल असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिइसकेको छ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन् ।