अब मलेसियामा पनि इसेवाको वालेट टु वालेट रेमिट्यान्स: झनै सजिलो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अब मलेसियामा पनि इसेवाको वालेट टु वालेट रेमिट्यान्स: झनै सजिलो



काठमाडौ- प्रविधिको नयाँ नयाँ प्रयोगले मानिसको जनजीवन झनै सहज बन्दैछ । पहिले निकै झन्झटिलो हुने सेवाहरू पनि अहिले निकै सजिलो र छरितो बन्दै गएका छन् ।

यस्तैमा इसेवा मनि ट्रान्सफरले विदेशबाट पैसा पठाउन निकै सजिलो बनाएको छ । जापानबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवाले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको छ ।

यससंगै मलेसियाबाट पनि इसेवाको रेमिट्यान्स् कारोबार सुरु भएको छ । नेपालीहरूले अब पैसा पठाउन झन्झट बेहोर्न नपर्ने भएको छ । आफ्नो मोबाइलबाट वालेटमै पैसा पठाउन मिल्नेगरी सुरू भएको सेवा निकै छरितो पनि छ ।

मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा इसेवाले रेमिट्यान्स् कारोबार सुरु गरिएकोे हो । मलेसियामा रहेका नेपालीहरुले भ्याल्युका एजेन्टका अलावा सिधै भ्याल्युको वालेटबाट नेपालको इसेवा वालेट तथा कुनै पनि बैंक खातामा समेत रेमिट्यान्स् पठाउन सक्नेछन् ।

इसेवा मनि ट्रान्सफरले रेमिट्यान्स् क्षेत्रमा पहिलो पटक वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने सेवा दिएको हो । इसेवा मनि ट्रान्सफरले मलेसियाबाट सेवा सुरु गरेसँगै मलेसियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन थप सहज भएको छ ।

साथै वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने भएपछि नेपालीहरु एजेन्टसम्म धाउनुपर्ने बाध्यताबाट समेत मुक्ति मिलेको छ । त्यतिमात्र होइन नेपालमा हुने परिवार तथा आफन्तले कुनै कम्पनीको काउन्टर धाउनुपर्ने र लाईन लाग्नुपर्ने झन्झट समाप्त भएको छ ।

आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने कम्पनीले जनाएको छ । डिजिटल माध्यमबाट नै आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिल्ने हुनाले नेपालको रेमिट्यान्स् क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स् भित्राउन आफुहरुले काम गरिरहने कम्पनीको भनाई छ ।

इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनिको रुपमा स्थापना गर्नु आफुहरुको उदेश्य रहेको कम्पनीले बताएको छ ।