युरोपमा कोरोना महामारी, जर्मनमा ६ करोड मानिसमा संक्रमण हुन सक्ने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

युरोपमा कोरोना महामारी, जर्मनमा ६ करोड मानिसमा संक्रमण हुन सक्ने



काठमाडौं- डिसेम्बरको अन्त्यतिर चीनको उहानबाट फैलिएको कोरोना (कोभिड १९) संक्रमण विश्वका १ सय २० मुलुकमा पुगिसकेको छ। पछिल्ला दिन यसले युरोपमा महामारीको रूप लिँदै छ।

इटाली हुँदै युरोप प्रवेश गरेको कोरोनाले फ्रान्स, बेलायत, जर्मन, स्पेन र अस्ट्रिया बढी प्रभावित छन्। बेल्जियम, डेनमार्क, बुल्गेरियामा पनि संक्रमण बढ्दो छ।

चीनपछि सबैभन्दा धेरै संक्रमण र मृत्यु इटालीमा भएको छ। इटालीमा मंगलबार एकैदिन १ सय ६८ जनाको मृत्यु भएको थियो। अहिलेसम्म इटालीमा कोरोनाबाट ६ सय ३१ जनाको मृत्यु भएको छ, एजेन्सीलाई उधृत गर्दै आजको नयाँ पत्रिकाले खबर छापेको छ।

जर्मन चान्सलर एन्जेला मर्केलले कोरोनाबाट देशका ५ करोड ८० लाख नागरिकमा संक्रमण हुन सक्ने बताएकी छन्। यो जर्मनको कुल जनसंख्याको ७० प्रतिशत हो।