युरोपियन युनियनको टोलीलाई पर्यवेक्षणमा रोक - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

युरोपियन युनियनको टोलीलाई पर्यवेक्षणमा रोक



महेन्द्रनगर ।

कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत न्यायाधीश डा राजेन्द्रकुमार आचार्यले युरोपियन यूनियनका प्रतिनिधिलाई निर्वाचन पर्यवेक्षणमा रोक लगाउन माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएका छन् ।

कात्तिक अन्तिम साता जिल्ला आएको युनियनको तीन सदस्यीय टोलीले आचारसंहिताविपरित काम गरेको उनको भनाइ छ ।

टोलीमा लार्ज गोरान प्लागमेन, इभा सुहोनन र नेपाली दोभाषे पुष्कर पाण्डे संलग्न थिए ।

उनीहरुलाई जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा पर्यवेक्षण र अनुगमन गर्न नदिन मंगलबार आयोगमा पत्र पठाइएको आचार्यले जानकारी दिए ।

‘युरोपियन यूनियनको टोली जिल्ला अदालतमा प्रवेश गरी कर्मचारीसँग जिल्लाको राजनीतिक अवस्था र अदालतको जनशक्ति लगायतका विषयमा सोधपुछ गर्ने जस्ता कार्य आपत्तिजनक भएको ठहर गर्दै र्इयू टोलीलाई कञ्चनपुरमा निर्वाचन पर्यवेक्षणमा रोक लगाउन सिफारिस गरिएको हो,’ आचार्यले भने, ‘उनीहरुले अदालतको क्षेत्राधिकार मिचेको देखिएको छ ।’

टोली कात्तिक २६ मा कञ्चनपुर आइपुगेको थियो । (कान्तिपुर दैनिक)