तीन खेलाडीलाई एउटा ‘गोल्डेन बुट’ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

तीन खेलाडीलाई एउटा ‘गोल्डेन बुट’



एजेन्सी । इङ्लिश प्रिमियर लिग फुटबलको गोल्डेन बुट अवार्ड तीन खेलाडीले बाँडेका छन् । आइतबार सम्पन्न भएका अन्तिम खेलहरुसँगै लिभरपुलका मोहमद सलाह, साडियो माने र आर्सनलका पेरिक एम्रिक आबुमियाङले बाँडेका हुन् ।

तीनै खेलाडीले लिगमा समान २२ गोल गरेका छन् । आबुमियाङ र मानेले आइतबार भएको अन्तिम खेलमा दुई गोल गरेका थिए ।

अघिल्लो सिजन गोल्डेन बुट जितेका सलाहले यो सिजन पनि जित्न सफल भएका थिए ।