एभरेष्टमा WOMEN TALENT SHOW सम्पन्न - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एभरेष्टमा WOMEN TALENT SHOW सम्पन्न



मणि भुसाल/ बुटवल फागुन २५ 

महिलाहरुलाई  सम्मान गर्दै उनीहरुको  महत्त्व र अधिकार झल्काउने उद्देश्य ले “टेस्ट्मा बेस्ट हाम्रो एभरेष्ट”ग्रुपले एभरेस्ट उ.मा.वि.मा  WOMEN TALENT SHOW  कार्यक्रम मंगलबार सम्पन्न सम्पन्न गरेको छ ।

कार्यक्रमलाई व्यवस्थित रुपमा संचालन गर्न समितिको गठन गरिएको थियो उक्त समितिमा  ज्ञानेश्वर अग्रहरी ,मणि भुषाल ,बिनोद पाण्डे ,बिदुर पंगेनी सगर अर्याल,प्रदिप अधिकारि ,सिक्षित अर्याल ,आयुष पौडेल,आभास पोडेल रहेका थिए ।

सुषमा रेग्मीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सह प्राचार्य माधव आचार्य प्रमुख अतिथि हुनुन्थ्यो ।अतिथिमा सालिक भण्डारी र निर्णायकमा  कल्पना खनाल  ,सम्स खान ,लोकेन्द्र साह रहनु भएको थियो ।

उक्त कार्यक्रममा प्रतियोगीहरुले आफ्नो  बेजोड प्रस्तुति प्रस्तुत गरेका थिए  ।शिक्षकहरु द्वारा  आर्थिक सहयोग भएकाले कार्यक्रम सञ्चालन गर्न सहजता भएको आयोजले बताउदै धन्यबाद ज्ञापन समेत गरेका थिए ।उक्त  प्रतियोगितामा अश्मिता बिस्ट  ( प्रथम) सोनिया छेत्री (द्वितीय ) र आकृति पाण्डे(तृतीय ) हुन सफल भएका थिए । बिजेताहरुलाई  विशेष पुरस्कर दिई सम्मान गरिएको थियो ।सिमरन कौरले पनि आफ्नो अप्रतियोगी रुपमा निर्त्य प्रतुत गरेकी थिईन ।