राजासंस्था भनेको ज्ञानेन्द्र शाह होइन:- कमल थापा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

राजासंस्था भनेको ज्ञानेन्द्र शाह होइन:- कमल थापा



 

१८ वैशाख, काठमाडौँ ।

राप्रपाका अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी फुटाउन लागि परेको भन्दै गम्भीर आरोप लगाएका छन् ।
राप्रपा संसदीय दलको आइतबारको बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीभित्र ज्ञानेन्द्र शाहले चलखेल गरेको बताएका छन् ।

जसका लागि भन्दै हामी लड्दै छौँ उतैबाट पार्टीमाथि यो घात भएको छ । राजसंस्था भनेको पूर्वराजा ज्ञानेन्द्र होइन, यसमा हामी सबै प्रस्ट हुनु पर्छ ,’ थापाको भनाइ उद्धृत गर्दै एक सांसद्ले भने, ‘राप्रपा विभाजन गर्न सांसद्हरुलाई भड्काउन लागिएको छ । यो हामीलाई मान्य छैन ।’
राप्रपाले मान्यताका लागि राजसंस्थाको पक्षमा आवाज उठाएको तर कोही व्यक्तिको स्वार्थका लागि होइन भन्दै थापाले पूर्वराजाको आलोचना गरेका थिए ।

आजको नयाँँ पत्रिका दैनिकका अनुसार बैठकमा केही सांसद्ले पूर्वराजा ज्ञानेन्द्रका सहयोगीहरु सागर तिमिल्सिना, डा. फणिराज पाठक, पशुपतिभक्त महर्जनले चलखेल गरेको भन्दै आक्रोस पोखेका थिए । स्रोतका अनुसार सांसद् तथा पूर्वमन्त्री रामकुमार सुब्बा, विराज विष्ट र रेसम लामामाथि कारबाहीका लागि राप्रपाले प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।