गुल्मीमा सडक निर्माण गरिरहेको एक्साभेटरमा आगजनी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

गुल्मीमा सडक निर्माण गरिरहेको एक्साभेटरमा आगजनी



वैशाख २६ गुल्मी

 

गुल्मीको छल्दी पनाहामा सडक निर्माणमा प्रयोग गरिरहेको एक्साभेटरमा आगजनी गरिएको छ । इन्द्रेगौडा सडकमा काम गरिरहेको बा २ क ५१६५ नम्बरको एक्साभेटरमा सोमबार राती समूहले आगजनी गरेका हुन् ।

कालिका कन्ट्रक्सन काठमाडौंका इन्जिनियर नबिन सापकोटाका अनुसार एक्साभेटरमा आगजनी हुँदा एक्साभेटरको इन्जीन जलेर नष्ट भएको भै काम नलाग्ने भएको छ ।

आगजनी भएको सो एक्साभेटरले सडक चौडा पार्ने तथा नाली र ग्राभेल गर्नका निम्ती झण्डै ६ महिना अघिदेखि सडक निर्माण गर्दै आएको थियो ।