फेसबुक संसारभर १० मिनट बन्द, कम्पनीलाई १० खर्ब घाटा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

फेसबुक संसारभर १० मिनट बन्द, कम्पनीलाई १० खर्ब घाटा



काठमाडौँ–

सबै भन्दा ठुलो सामाजिक सन्जाल फेसबुक शनिवार साँझ डाउन भएको छ । अनायासै डाउन भए पछि अरबौँ प्रयोगकर्ता अलमलमा परेका थिए ।

फेसबुकका संस्थापक मार्क जुकरवर्गले समेत फेसबुक डाउन भएको जानकारी ट्वीटरमार्फत दिनु परेको थियो ।

अचानक फेसबुक डाउन भएपछि सबै प्रयोगकर्ताले ट्वीटरबाट आक्रोस पोखेका थिए । फेसबुक संस्थापक जुकरबर्गले ट्वीटरमार्फत फेसबुक डाउन भएको जानकारी दिएका थिए । उनले केही बेरमै पुन सुचारु भएको बताए ।

लाखौँ प्रयोगकर्ताले फेसबुक लगइन गर्न खोज्दा मर्मतका लागि साइट डाउन गरिएको सूचना फेुसबुकले दिएको थियो । कतिपयले लोड नभएको भन्दै आक्रोस पोखेका थिए । करिब १० मिनटपछि फेसबुक पुन सञ्चालनमा आएको थियो ।

फेसबुक १० मिनट डाउन हुँदा कम्पनीले १० अर्ब डलर (करिब १० खर्ब रुपैयाँ) गुमाएको बताइएको छ । यसलाई फेसबुकको अहिलसम्मको सबैभन्दा ठुलो नोक्सानी भनिएको छ ।