फेसबुकको तथ्य - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

फेसबुकको तथ्य



सचिन पंगेनी, देवदह

विश्वको सबैभन्दा ठुलो सोसल मिडिया वेबसाइट फेसबुक दिनहुँ कति मानिसले चलाउँछन् होला ? फेसबुकको कमाइ कति छ होला ? यो सायद चासोको विषय बन्न सक्छ ।

पौने दुई अर्ब भन्दा बढी प्रयोगकर्ता रहेको फेसबुकले हालै आफ्नो आय प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा कम्पनीका प्रयोगकर्ताको तथ्याङ्क तथा अन्य सेवा तथा तथ्यहरूको खुलासा गरिएको छ ।

प्रतिवेदन अनुसार हाल फेसबुकका सक्रिय प्रयोगकर्ताको संखया १ अर्ब ७९ करोड छ । सक्रिय प्रयोगकर्ता भनेको कम्तीमा महिनामा एक पटक फेसबुक चलाउने मानिसहरूको सङ्ख्या हो । फेसबुकका एक्टिभ युजर्सको सङ्ख्यामा वाषिर्क १६ प्रतिशतले वृद्धि भएको छ ।

फेसबुकका अनुसार ह्वाट्सएप र फेसबुक मेसेन्जरका सक्रिय प्रयोगकर्ताको सङ्ख्या १ अर्ब नाघेको छ । त्यस्तै इन्स्टाग्राम प्रयोगकर्ताको सङ्ख्या ५० करोड छ । तथ्याङ्क अनुसार विश्वमा हरेक दिन १ अर्ब १८ करोड मानिसले फेसबुक चलाउँछन् ।

फेसबुक चलाउने मध्ये अधिकांशले फेसबुक चलाउन मोबाइल डिभाइस प्रयोग गर्ने गरेको देखिएको छ । हरेक महिना १ अर्ब ६६ करोड तथा हरेक दिन १ अर्ब ९ करोड मानिसले फेसबुकको मोबाइल एप प्रयोग गर्ने गरेका छन् ।

फेसबुकले सार्वजनिक गरेको नयाँ तथ्याङ्कमा टिप्पणी गर्दै कम्पनीका सिइओ मार्क जुकरबर्गले भिडियोको महत्त्व बढ्दै गएको र फेसबुक लाइभ प्रयोग गर्नेको सङ्ख्या पछिल्लो मे यता ४ गुणाले वृद्धि भएको बताएका छन् ।

त्यस्तै इन्टाग्राममा थप गरिएको स्टोरिज नामक नयाँ फिचरका प्रयोगकर्ताको सङ्ख्या १० करोड पुगेको छ । उनका अनुसार थ्री डी सामाग्रीलाई प्रस्तुत गर्नु तथा भर्चुअल रियालिटी टूल्सको विकाश गर्नु फेसबुकको आगामी दिनको चुनौतीको रूपमा रहेको जुकरबर्गले बताएका छन् ।