अब फेसबुकमा समाचार सेयर गर्न शुल्क लाग्ने - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

अब फेसबुकमा समाचार सेयर गर्न शुल्क लाग्ने



एजेन्सी- विश्व प्रसिद्ध सामाजिक संजाल फेसबुकले मंगलवार अष्ट्रेलियामा प्रयोगकर्ताहरुले समाचार सामग्री सेयर गर्न नपाउने नियम कार्यान्वयन गर्ने चेतावनी दिएको छ । किनभने फेसबुकले अबदेखि आफ्नो लेख प्रकासित गर्नेहरुसंग आफुलाई प्रयोग गरेवापत शुल्क लिने तयारी गरिरहेको छ ।

अष्ट्रेलियाली नियमन निकाय विशाल प्राविधिक कम्पनी जस्तै फेसबुक र गुगलले न्युज आउटलेटबाट पुन पोस्ट गरेवापत शुल्क भुक्तानी गरोस् भन्ने चाहन्छ । गत महिना गुगलले आफ्ना प्रयोगकताहरलाई खोजि सेवा नाटकिय ढंगले नराम्रो हुन सकने चेतावनी दिएको थियो ।

सामाजिक संचार संजालले यदि प्रस्ताविक विधेयक कानुन बनेको खण्डमा फेसबुक र यसको सहायक कम्पनी इन्स्टाग्राममा समाचार सेयर गर्न नदिने जनाएको छ । अष्ट्रिेलियाली प्रतिस्पर्धा तथा उपभोक्ता आयोग (एससिीसी) ले वित्तापनको राजश्व गुमाएका कारण संघर्षरत यि प्राविधिक कम्पनी र प्रकासकहरुबिच तालमेल कायम हुने खालका नियमहरु बनाएको छ ।

यसैगरी एसीसीसीले पनि समाचार सामग्रीहरु अस्पष्ट र समयानुकूल नभएके भन्दै तिनीहरुलाई रोक्दा केहि फरक नपर्ने भन्न्दै फेसबुकलाइ जवाफ फर्काउको छ । तर ब्लग पोस्टमा फेसबुकका अष्ट्रेलिया र न्युजल्यान्डका लागि व्यवस्थापन निर्देशक विल इस्टनले प्रस्तावित दस्तवेजले इन्टरनेटको महत्वपूर्ण आयामलाई बुझन नसककेो तथा यसले सरकारले रक्षा गर्ने प्रयास गरिँदै गरेका समाचार संस्थाहरलाई हानी पुग्ने जनाएकाछन् ।

साथै इस्टनले फेसबुकले यस वर्षको पहिलो पााच महिना भित्र १४ करोड ८० लाख अमेरिकी डलर वरावरको आफ्नो न्युजफिडबाट २ अर्व ३० करोड क्लिक अष्ट्रेलियन न्युज वेवसाइटहरुलाई फिता पठाएको पनि दावी गरेका छन् ।