फस्टाउँदै फलफूल कारोबार - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

फस्टाउँदै फलफूल कारोबार



आचार्य प्रदीप
बुटवल २५ असोज ।
रूपन्देहीमा पछिल्ला समय फलफूल व्यवसाय फस्टाउँदै गएको छ । पछिल्लो पटक दशैंलाई आधार बनाएर बजार तुलना गर्दा यो बर्ष बिगतमा भन्दा १५ प्रतिशतले बढेको व्यवसायीले बताएका छन् । अन्य समयभन्दा हिन्दुहरूका ठूला पर्व दशैं र तिहारको अवधिमा १ सय ३० प्रतिशतले फलफूलको बिक्री बढेको हो ।
माछामासु, लत्ताकपडा तथा अन्य उपभोग्य वस्तुको कारोवार बिगतका दशैंको तुलनामा कमी भएको बताइए पनि फलफूलको व्यापार भने राम्रो भएको व्यवसायीहरू बताउँंछन् ।

दशैं पर्वमा माछामासु, रोटी, मिठाईसंँगै फलफूलको प्रयोगसमेत बढ्न थालेपछि व्यापार राम्रो भएको हो । उमेर बढ्दै जांँदा देखिने उच्च रक्तचाप, मधुमेह तथा विभिन्न स्वास्थ्य समस्यासंँगै मानिसहरू स्वास्थ्यप्रति सचेत हुन थालेपछि फलफूलको सेवनतर्फ लागेका छन् ।

पछिल्लो दुई साताको अवधिमा मात्र स्याउ, केरा, अनार, अम्बालगायतका गरी ७ सय टनभन्दा धेरै फलफूलको कारोबार भएको लुम्बिनी कृषि उपज थोक बजार केन्द्र संचालक समितिका अध्यक्ष कलाधर पन्थीले जानकारी दिए । केन्द्रबाट २६ करोडको फलफूलको कारोबार भएको पन्थीले बताए । केन्द्रबाट सबैभन्दा धेरै केरा र स्याउको बिक्री भएको छ । मूल्यको हिसाबले स्याउ र परिमाणको हिसाबले केराको बिक्री धेरै भएको छ ।

कारोबार बढेसंँगै यसवर्ष ८० प्रतिशत माग नेपालमा उत्पादन भएको केराले पुरा गरेको छ । गएको वर्ष ९० प्रतिशत केरा भारतबाट आयात गरिएकोमा यसवर्ष २० प्रतिशत मात्र भारतबाट आयात गरिएको पन्थीले जानकारी दिए ।

स्याउतर्फ भने भारतीय स्याउ उपभोक्ताको रोजाईमा पर्ने गरेको छ । यसवर्ष दशैं केही चाँडो परेको र चाइनिज स्याउ खानको लागि तयार भइनसकेकोले उपभोक्ताको रोजाईमा खासै परेन । दशैंमा भारतीय स्याउको माग धेरै भएको थियो ।

केन्द्रबाट लुम्बिनी अञ्चलका विभिन्न जिल्लाहरूसँंगै, चितवन, नेपालगञ्ज, दाङ लगायतका क्षेत्रहरूमा फलफूल जाने गर्दछ । मांसाहारी, शाकाहारी, धार्मिक क्षेत्र लगायत सबैको रोजाईमा फलफूल पर्न थालेको छ ।

दशंैंको टीका लगाउन भैरहवा, बुटवललगायतका ठाउँबाट गाउंँघरतिर जानेहरूले पनि कोशेलीको रूपमा फलफूल लैजाने गर्दा दशंैं फलफूलको व्यापार हुने उपयुक्त पर्व मानिन थालेको छ ।