फरार कैदी पक्राउ २० वर्ष जन्म कैद - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

फरार कैदी पक्राउ २० वर्ष जन्म कैद



हिमाल पोष्ट / नवलपरासी, ४ मङ्सिर । सर्वस्वसहित २० वर्ष जन्म कैद सजाय पाएर फरार भएका एक जनालाई प्रहरीले शुुक्रबार पक्राउ गरी जिल्ला कारागारमा चलान गरेको छ ।

विसं २०५८ देखि फरार नवलपरासी हाल बेनीमणिपुर–७ चिसापानी बस्ने ५४ वर्षीय लालबहादुर कुमाललाई नवलपरासी तम्सरिया–३ सिम्रानी बस्ने बलबहादुर कुमाल र धनबहादुर कुमाललाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्म कैद सजाय सुनाएको थियो ।

लागुुऔषध बोकेर हिँड्ने पक्राउ

सार्वजनिक बसमा लागुुऔषध बोकेर हिँडेका दुई जना युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । अभियुक्तमा कास्की पोखरा उपमहानगरपालिका–३ बस्ने ३२ वर्षीय भक्तबहादुर पुन र सोही जिल्ला बलासे ७ बस्ने २८ वर्षीय जीवन पुन छन् ।

उनीहरुका साथबाट प्रहरीले डाइजेपाम २८, नोपिन २८ र फेनेग्रान ४६ थान बरामद गरेको थियो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोतीमा प्रहरीले बसका यात्रुलाई जाँच गर्ने क्रममा तिनबाट लागुऔषध बरामद गरेको हो । रासस