शितल निवासबाट फर्किए प्रचण्डसहितका नेताहरू - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

शितल निवासबाट फर्किए प्रचण्डसहितका नेताहरू



काठमाडौं- बिहानै राष्ट्रपति निवास पुगेका प्रचण्ड लगायतका नेताहरू शितलनिवासबाट फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूको भेटवार्ता सकिएपछि उनीहरू फर्किएका हुन् ।

नेकपाभित्र सङ्कट उत्पन्न भएपछि राष्ट्रपतिसँगको परामर्शका लागि प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल बिहान ११ बजे शीतलनिवास पुगेका थिए । उनीहरूबीच झण्डै एक घण्टा कुराकानी भएको बताइएको छ ।

नेकपामा विवादले उग्र रुप लिएपछि शनिबार साँझ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्का सदस्यहरूलाई बोलाएर आफूलाई हटाउन खोज्ने समुहले राष्ट्रपतिमाथि महाअभियोगको तयारी गरेको आरोप लगाएका थिए ।

यसपछि प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली भेटवार्ता गर्दैछन् ।