एकपछि अर्को काण्डमा फस्दै डोनाल्ड ट्रम्प ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एकपछि अर्को काण्डमा फस्दै डोनाल्ड ट्रम्प !



वाशिङ्टन डिसी । अमेरिकी गुप्तचार संस्था एफबीआईले राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलको कार्यालयमा छापा मारेको छ ।

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार, एफबीआईले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीजि वकिल मिसेल कोहेनको कार्यालयमा छापा मारेको हो ।

एफबीआईले वकिलको कार्यालयबाट कैयन महत्वपूर्ण दस्तावेज कब्जामा लिएको छ । यी दस्तावेजहरुमा चर्चामा रहेकी पोर्न नायिका स्टोर्मि डेनियलका वकिललाई पैसा दिएका कागजात समेत रहेको सिएनएनको दावी छ । स्टोर्मीले सन् २००६ मा ट्रम्पसँग यौनसम्पर्क रहेको र ट्रम्पका वकिलले उक्त कुरा सार्वजनिक नगर्न पैसा दिएको दावी गर्दै आएकी छिन् ।

एफबीआईले ट्रम्पसँग जोडिएका बैंक अभिलेखका कागजागत पनि कब्जा गरेको छ ।

राष्ट्रपति ट्रम्पले भने एफबीओको छापालाई लज्जाष्पद अवस्था भन्दै कडा टिप्पणी गरेका छन् ।

व्हाइट हाउस कार्यालयले एक विज्ञप्ती जारी गर्दै एफबीआईको कदम अनुचित र अनावश्यक बताउँदै बिरोध गरेको छ ।एजेन्सी