'फेसन आइकन'को ताज रिकेन र सरिसालाई  - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

‘फेसन आइकन’को ताज रिकेन र सरिसालाई 



 वैशाख २५ काठमाडौं

 

‘नेपाल फेसन आइकन २०१७’को उपाधि रिकेन बज्राचार्य र सरिसा श्रेष्ठले जितेका छन् । ललितपुर ग्वार्काेका रिकेनले पुरुष तर्फ र ललितपुर पुल्चोककी सरिसाले महिला तर्फको उपाधि चुमेका हुन् ।

दुबै बिजेताले शिर्ष उपाधिका साथमा चलचित्र, म्युजिक भिडियो अभिनय अवसरका साथै बिभिन्न गिफ्ट प्राप्त गरे । विजेता रिकेनले बेष्ट र्याम्प वाकको टाइटल उपाधि समेत हासिल गर्दा सरिसाले बेष्ट र्याम्प वाक र क्रियटिभ ड्रेसको उपाधि हात पारिन् । दुबै बिजेताले आ–आफ्नो बिधाका ९ प्रतिस्पर्धिलाई पछि पर्दै उपाधि जितेका थिए ।

त्रिपुरेस्वर स्थित ब्लुवर्ड भवनको मुड्स हलमा सम्पन्न प्रतियोगीतामा पुरुष तर्फ रुपक लिम्बु फष्टरनर अफ र मनिष थापा सेकेन्ड रनर अप घोषित हुँदा महिला तर्फ कृति घिमिरे फष्टरनर अप र पूजा पराजुली सेकेन्ड रनर अफ चुनिए ।

बिभिन्न टाइटल बिजेता समेत छानिएको कार्यक्रममा मल्टिमिडिया सलिना तामाङ र मनिष थापा, फोटो जेनिक दावा दोर्ज लामा र कृति घिमिरे, क्रियटिभ ड्रेस सुजन लामा ,फेसन स्टाइलिस सुजन लामा, स्मृती मगर, भ्युयुर च्वाइस पुजा पराजुलीले प्राप्त गरे ।

अन्तराष्ट्रिय मोडलिङका बिभिन्न माध्यममा नेपालको प्रतिनिधित्व गराउन उत्कृष्ट मोडल खोज्ने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको रन वे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले बताइन् ।

दीपिका रिमाल प्याप्सन उपाध्यक्ष, जीवन खड्का मिस्टर टिन नेपाल बिजेता, अर्चना थापा बस्नेत फेसन डिजाइनर, निर्माता सुनिल रावल, मोडल दिक्पाल कार्की, निराजन थापालगायत अन्तिम स्पर्धाको निर्णायकमा रहेका थिए ।

उत्कृष्ट गीत संगीत ,नृत्य लगायतको बेजोड प्रस्तुतिका साथ सम्पन्न प्रतियोगीतामा प्रतियोगीले बिभिन्न सिक्वेलमा आकर्षक पहिरन समेत स्टेजमा प्रस्तुत गरे ।