गुल्मी, रुपन्देही र कपिलवस्तुमा थप ७ जनामा संक्रमण: ५९१ पुगे संक्रमित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गुल्मी, रुपन्देही र कपिलवस्तुमा थप ७ जनामा संक्रमण: ५९१ पुगे संक्रमित



नेपालमा थप ७ जना कोरोना संक्रमित थपिएका छन्। शनिबार साँझप्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परिक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश नं. ५ मा ७ जना संक्रमित थपिएका हुन्। योसँगै संक्रमितको संख्या ५ सय ९१ पुगेको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले शनिबार साँझ थपिएका संक्रमितमा रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

गुल्मीका संक्रमित यसअघि मृत्यु भएका ४१ वर्षीय शिक्षकको कन्ट्याक्ट ट्रेसिङमा भेटिएका हुन्।