सांसदहरु नेकपा (एस)मा जान खोजेपछि फेरि एमाले फुटाउने जुक्ती खोज्दै देउवा सरकार - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

सांसदहरु नेकपा (एस)मा जान खोजेपछि फेरि एमाले फुटाउने जुक्ती खोज्दै देउवा सरकार



काठमाडौँ- आन्तरिक किचलोका कारण एकपटक फुटिसकेको पार्टी नेकपा एमालेलाई थप फुटाउने उद्देश्यका साथ प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को अध्यादेश ल्याउले या अन्य कुन प्रक्रियामा जाने बह्नेरा कानुनी परामर्श थालेको कुरा चर्चामा छ ।

एमालेमा विद्रोह गरेर माधवकुमार नेपाल नेतृत्वको पार्टी (नेकपा एकीकृत समाजवादी) गठन गरेपछि मध्यमार्गी भन्दै एमालेमै बसेका कतिपय नेताहरूलाई सहज हुनेगरी जुक्ती खोजी गरिएको बताइएको छ । त्यसमाथि पनि विशेष कारणले आयोगमा सनाखत गर्न नसकेका सांसदहरुलाई मध्यनजर गर्दै एमाले फुटाउने अध्यादेश ल्याउने वा नयाँ कुनै प्रक्रियामा जाने भन्ने तयारी गरिएको हो ।

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि एमाले फुटेको थियो । अध्यादेश जारी भएसँगै तत्कालिन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २० प्रतिशत संख्या पुर्याएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका थिए ।

भदौ २ गते राष्ट्रपति भण्डारीले जारी गरेको अध्यादेशमा पार्टीको केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत सदस्यले ‘एकैपटक’ दल दर्ताको निवेदन दिनसक्ने प्रावधान रखिएको थियो । उक्त प्रावधानका कारण एमालेमा रहेका तर नेकपा एसमा जान चाहने सांसदलाई अप्ठ्यारो भएको भन्दै फेरी अर्को अध्यादेश ल्याउने तयारी भएको हो ।

स्रोतका अनुसार हाल नेकपा एमालेमा रहेका केही नेताहरु एसमा जान खोजिरहेका छन् । तर कानूनी प्रावधानका कारण उनीहरुलाई सजिलै त्यहाँ जान सजिलो भने छैन । त्यसैले उनीहरुको सहजताका लागि सत्ता साझेदारका नेताहरुबीच अध्यादेश ल्याउने चर्चा चल्न थालेको हो । अध्यादेश आए नेकपा एमाले अझै फुट्नेछ । माधव नेपाल नेतृत्वको पार्टीको आकार बढ्ने देखिएको छ ।

केही दिन अगाडी प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले नेकपा एसमा जान खोजेका थिए । तर उनीहरुलाई जान सहज भने थिएन । उनीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले उनीहरुलाई एमालेले अब कारबाही गर्न नपाउने आदेश दिएको छ ।