फेरी पनि तिमीलाई दशैको शुभकामना ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

फेरी पनि तिमीलाई दशैको शुभकामना !



 

क्रान्ति क्रान्ति भन्दाभन्दै भैसी पूजा गर्यौ

गरीबका सपना च्याती धुजा धुजा पार्यौ
छबी-सबी बिग्रिएको ‘लाल’ मात्रै रैछौ
सत्रहजार नेपालीको काल मात्रै रैछौ ।

टुप्पीमात्रै पाल्दा पनि गर्धन काट्न लायौ
‘धन’ लाई ‘जन’ भन्दै सधैं ढाट्न लायौ
नदी भन्थ्यौ खहरेको छाल मात्रै रैछौ
सत्रहजार नेपालीको काल मात्रै रैछौ ।

बाइस बर्ष पुछ्छर हाल्यौ ढुङ्ग्रा भित्र तर
बाङ्गै रैछ अहिले समेत देख्ने छक्कै पर
मुसुमुन्द्रे, ढटुवारेका चाल मात्रै रैछौ
सत्रहजार नेपालीको काल मात्रै रैछौ ।

अाफन्तलाई लुटी लुटी बैरीलाई पोस्यौ
खरानीको ब्यापार गर्न घरमै अागो झोस्यौ
बेथिती र भ्रष्टाचारका अाहाल मात्रै रैछौ
सत्रहजार नेपालीको काल मात्रै रैछौ ।

पर्दा भित्र लुकिलुकि कर्तुत कति गर्यौ
चुप लाग्नै नसकिने गरि अति गर्यौ
अाखिरमा माफियाका दलाल मात्रै रैछौ
सत्रहजार नेपालीको काल मात्रै रैछौ ।

सोम खनालको फेसबुकबाट