एकैदिन थपिए ३३४ संक्रमित: नेपालमा बढ्दैछ महामारी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एकैदिन थपिए ३३४ संक्रमित: नेपालमा बढ्दैछ महामारी



काठमाडौं- विश्वकै लागि चुनौती बनेको कोरोना संक्रमणको महामारी नेपालमा पनि तिब्र गतिमा फैलिँदै छ । पछिल्ला केहिदिनमा नेपामा हरेक दिन सर्वाधिक संक्रमित थपिएका छन् ।

आज बिहिबार पनि ठुलो संख्यामा संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ३३४ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने मिडिया ब्रिफिङका क्रममा नेपालमा थप ३३४ जना संक्रमित थपिएको बताइएको हो । नेपालमा कुल २६३४ जनामा संक्रमण देकिएको छ ।

यसअघि बुधबार मात्र नेपालमा २०१ जना नयाँ संक्रमित थपिएका थिए ।

कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या पनि बढिरहेको छ । नेपालमा १० जनाको मृत्यु भैसकेको छ ।

हालसम्म विश्वभर संक्रमितको संख्या ६२ लाख भन्दा बढी पुगेको छ भने करिव ३ लाख ८० हजार हजारको मृत्यु भैसकेको छ ।