सरकारले भन्यो: फिल्म हलमा नजानु - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सरकारले भन्यो: फिल्म हलमा नजानु



काठमाडौं- कोरोना सङ्क्रमणले विश्वव्यापी महामारीको अवस्था आएपछि नेपाल सरकारले पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सरकारले कोरोनाको उच्च जोखिम हुने भन्दै सर्वसाधारणलाई चलचित्र भवनमा नजान आह्वान गरेको छ ।

चलचित्र हलमा कोरोना सङ्क्रमण फैलिन सक्ने जोखिम बढी भएकाले यस्तो आह्वान गरेको हो ।

सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एवम् मेला महोत्सव सहभागी नहुन आम जनसमुदायलाई आह्वान गर्ने निर्णय गरेको छ ।

संसारभर चलचित्र हाल दमाधम बन्द भैरहेका छन्, बलिउडको सबैभन्दा ठुलो बजार मानिने मुम्बईमा पनि भारत सरकारले चलचित्र हलहरू बन्द गर्न निर्देशन दिएको छ । सोही कराणले चलचित्र रिलिज समेत धमाधम पछि सर्न थालेका छन् ।

कोरोना सङ्क्रमण नेपालमा अहिलेसम्म नदेखिएको सरकारले दाबी गरेको छ । करिव पाँच सय मानिसमा अहिलेसम्म परिक्षण गरिएको बताइएको छ ।

कोरोना सङ्क्रमणकै कारण अमेरिकामा राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको चाह भने अहिलेसम्म करिव १ सय ३० देशमा यसको सङ्क्रमण देखिएको छ ।