फायर फाइटर हेलिकोप्टर किन्ने सरकारको तयारी - Himal Post Himal Post
  • १ बैशाख २०८१, शनिबार
  •      Sat Apr 13 2024
Logo

फायर फाइटर हेलिकोप्टर किन्ने सरकारको तयारी



काठमाडौं- आगलागी र डढेलो बढ्दै गएपछी वन तथा वातावरण मन्त्रालयले अग्नि नियन्त्रक विमान (फायर फाइटर हेलिकोप्टर) किन्ने तयारी गरेको छ ।

ठूलो मात्रामा र विकट जंगलका लागेको डढेलोमा नियन्त्रणका लागि अहिले भएका दमकल र जनशक्तिबाट मात्रै सम्भव नभएपछि अग्नि नियन्त्रक विमान खरिद प्रक्रिया सुरु गरिएको हो ।

अर्को वर्षको बजेट तथा कार्यक्रममा विमान खरिदका लागि बजेट विनियोजन गराउनका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालले जानकारी दिए ।

यसैहप्ता प्रधानमन्त्री केपी शर्मा ओलीले डढेलो नियन्त्रणमा प्रयोग हुने हवाइजहाज र हेलिकप्टर खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि मन्त्रालयले प्रक्रिया अगाडी बढाएको हो ।

आगलागीका बेला आगो निभाउन प्रयोग गर्ने र अरु बेला अन्य काममा प्रयोग गर्नेगरी बहुउपयोगी हेलिकप्टर वा हवाइजहाज ल्याउन प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।