फेरियो रक्तचन्दन तस्करीको शैली - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

फेरियो रक्तचन्दन तस्करीको शैली



हिमाल पोस्ट / काठमाडौं २५ कात्तिक,
नेपालमा रक्तचन्दन तस्करीको नयाँ शैली अपनाइको तथ्य बाहिर आएको छ ।

बहूमूल्य मानिएको प्रतिवन्धित रक्तचन्दनको गोलियालाई पेलेर तेल बनाई तस्करी गर्ने दुईजना तेलसहित पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो ।

प्रहरीका अनुसार राजनीतिक र प्रशासनिक आडमा मौलाएको रक्तचन्दन तस्करीमा कडाइ गरेपछि तस्करहरुले अब तेल बनाएर रक्तचन्दन तरुकरीको धन्दा अघि बढाएका हुन् ।

भारतबाट चीनतर्फ तस्करी गर्न लागेको रक्तचन्दनको तेलसहित कीर्तिपुर प्रहरीले खोटाङ खाल्टे ७ का चन्द्रकुमार केसी र काभ्रे जैसीथोकका फणीन्द्र भट्टराईलाई पक्राउ गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

उनीहरुको साथबाट ९० लिटर रक्तचन्दनको तल बरामद भएको छ । महानगरीय प्रहरी बृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक मेखबहादुर खत्रीका अनुसार अभियुक्तहरुले तेल बनाएर भारतबाट नेपालको बाटो हुँदै चीनतर्फ तस्करी गर्न लागेका हुन् ।