पहिलो पटक गायिका मुना थापा मगरको शब्दमा “जीवन अधुरो”लोक गीत बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पहिलो पटक गायिका मुना थापा मगरको शब्दमा “जीवन अधुरो”लोक गीत बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे/असार १४ 

लोक दोहोरी गीतको एउटा सान नै हुन् गायिका मुना थापा मगर २०६० साल देखि सङ्गीतको यात्रा थालेकी मगरले अहिले सम्म धेरै गीतहरुमा स्वर भरि सकेकी छिन् । मिठो सुरिलो स्वर र लोभ्याउने लोकभाका हरुमा आफ्नो स्वर भर्द‌ै आएकी गायिका थापाले पहिलो पटक आफ्नो शब्दमा रहेको “ जीवन अधुरो ” बोलको लोक गीत सार्वजनिक गरेकी छन् ।

सार्वजनिक “ जीवन अधुरो ” गीतमा स्वर / शब्द उनै गायिका मुना थापा मगरको रहेको छ भने गीतको थेगो खेम पुर्जा पुनले लेखेका छन् यस्तै सङ्गीत तथा एरेन्ज सागर विरहीले गरेका छन् ।

गायक तथा मोडल रामजी खाणँ र रन्जिता गुरुङ्को उत्कृष्ट अभिनयमा रहेको गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने करन चैसिर को छायाँकनमा विष्णु शर्माको सम्पादन रहेको छ । गीत मुना थापा मगरको आफ्नै YOUTUBE च्यानलबाट मुना थापा र खेम पुर्जा पुनको संयुक्त प्रस्तुतिमा बजारमा आएको छ ।