४२ वर्षदेखि ५ कक्षा पासगर्ने कोही नभएको यो स्कुल । - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

४२ वर्षदेखि ५ कक्षा पासगर्ने कोही नभएको यो स्कुल ।



 

१५ साउन, काठमाडौँ ।

अचम्मको कथा जस्तै लाग्छ तपाईँलाई कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा शिक्षक जम्मा एक जना छन् भन्दा तर, यो सत्य नै हो । हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका–५ यारीमा रहेको अरनिको आधारभूत विद्यालयको काहानी यस्तै छ । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा जम्मा एक जना शिक्षक छन् । उनी कहिले आउँछन् आउँदैनन्, ठेगान हुँदैन ।

शिक्षक नै आए–नआएको हिसाब नहुने विद्यालयमा विद्यार्थीको हाजिरी कसले गर्ने ? सायद त्यसैले ४२ वर्षदेखि सो विद्यालयबाट कक्षा ५ पास गरेर कोही पनि बाहिर गएको छैन ।

हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका–५ यारीमा रहेको अरनिको आधारभूत विद्यालय पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन लाग्छ । हाल शिशु कक्षामा १४, १ मा आठ, २ मा ६, ३ मा चार र कक्षा ४ मा पाँच गरी ३५ जना भर्ना छन्

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

५ कक्षासम्म पढाइ हुने भए पनि सो कक्षामा कुनै पनि विद्यार्थी छैनन् । कक्षा ५ त अहिलेसम्म कसैले पास गर्न सकेको छैन ।