पत्रकार महासङ्घ जिल्ला शाखा काठमाडौँमा ताला - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पत्रकार महासङ्घ जिल्ला शाखा काठमाडौँमा ताला



काठमाडौँ, फागुन २४ ।

सदस्यता स्थानान्तरण बन्द गरिसकेका अवस्थामा महासङ्घ केन्द्रको प्रत्यक्ष संलग्नतामा विभिन्न प्रतिष्ठान शाखाबाट एकमुष्ठ रुपमा काठमाडौँ जिल्ला शाखामा सदस्यता स्थानान्तरण गरिएको भन्दै  पत्रकार महासङ्घ जिल्ला शाखा काठमाडौँमा आज  ताला  लगाइएको छ ।

व्यक्ति केन्द्रित निर्णय गरी महासङ्घलाई राजनीतिक रुपमा स्थापित गर्न लागेको भन्दै महासङ्घमा ताला लगाइएकाे प्रेस चौतारी काठमाडौँका अध्यक्ष लोकेन्द्र केसीले जानकारी दिए ।

प्रेस युनियन, प्रेस चौतारी, नेपाल प्रेस सोसाइटी, क्रान्तिकारी पत्रकार सङ्गठन, मिडिया नेपालले संयुक्त रुपमा सहमति जनाउँदै ताला लगाएका हुन् ।

व्यक्तिगत स्वार्थका लागि विभिन्न बहानामा यसरी सदस्यता स्थानान्तरण प्रक्रिया तत्काल रोक्नुपर्ने भन्दै ताला लगाएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विसं २०७३ माघ १५ पछि विभिन्न रुपमा भएको सबै सदस्यता स्थानान्तरण तत्काल रद्द गर्न पनि माग गरिएको छ ।